कोरोनाभाइरसबाट जोगिन कस्तो खानपान खाने ? यि हुन् डब्ल्यूएचओले दिएको पाँच टिप्स

 

बैशाख २९, एजेन्सी – कोभिड–१९ को यो महामारीको यतिबेला कस्तो खानपान र जिवनशैली अपनाउने भन्ने बिषय चासोको बिषय रहेको छ । आजकाल मानिसहरु कोभिड–१९, खानपिनका वस्तुबाट पनि फैलने हो कि भन्ने विषयमा चिन्तित छन् ।
यसै सन्र्दभमा विश्व स्वास्थ्य संगठनले सुरक्षित खानपिनको विषयमा पाँच महत्वपूर्ण टिप्स दिएको छ ।

सधैं सफा रहनुहोस

– खाना बनाउनु अघि र खाना बनाउने बेला हात धोइरहनुहोस्

– प्रत्येक पटक शौचालय गएपछि हात धुनुहोस्

– खाना बनाउने स्थान, चुल्हो र भाँडाकुँडा राम्रोसँग धुनुहोस् र त्यसलाई स्यानिटाइज गर्नुहोज् ।

– भान्साघरलाई किरा फट्याङ्ग्रा र अन्य जनावरको पहुँचबाट सुरक्षित राख्नुहोस् ।

यो किन आवश्यक ?

धेरैजसो सुक्ष्म जीवले खासै रोग फैलाउँदैनन् तर माटो, पानी, जनावर र मानिसमा व्यापक रुपमा खतरनाक जीव पाइन्छ ।

यी सूक्ष्म जीव हाम्रो हात, सर–सफाई गर्ने कपडा, भाँडाकुँडा, कटिङ बोर्ड (तरकारी काट्न प्रयोग हुने बोर्ड) मा पाइन्छ ।

यदि खानपिनका चीजमा यसको अलिकति पनि सम्पर्क भए यसले रोग लाग्ने खतरा निम्त्याउँछ ।

काँचो खानालाई पाकेको खानाबाट टाढा राख्नुहोस् ।

– पोल्ट्री उत्पादन, काँचो मासु, सीफूड (समुद्रमा पाइने जीव–जन्तुको माछा) लाई खानपिनका अन्य वस्तुबाट अलग राख्नुहोस् ।

– काँचो खानेकुरा समात्ने बेला भिन्न भाँडा, चक्कु र कटिङ बोर्डको प्रयोग गर्नुहोस् ।

– पाकेको खाना र काँचो खानाबीच कुनै पनि प्रकारको सम्पर्क नहोस् भनेर खानपिनका वस्तुलाई कन्टेनरमा राख्नुहोस् ।

यो किन आवश्यक ?

काँचो खाना विशेषगरी मासु, पोल्ट्री उत्पादन र सीफूडमा यस्ता खतरनाक सूक्ष्म जीव हुनसक्छन् जुन पकाउने क्रममा खानपिनका अन्य वस्तुलाई संक्रमित गर्न सक्छन् ।

खानालाई राम्रोसँग पकाउनुहोस्

– विशेषगरी काँचो मासु, पोल्ट्री उत्पादन, अण्डा र सीफूडलाई राम्रोसँग पकाएर खानुहोस्

– पाकेको खानालाई राम्रोसँग पुनः तताएर खानुहोस्

यो किन आवश्यक ?

यदि खाना राम्रोसँग पकाउने हो भने सूक्ष्मजीव पूर्ण रुपमा नष्ट हुन्छन् ।

अनुसन्धानका अनुसार ७० डिग्री सेल्सियस तापक्रममा खाना पकाउँदा खाना खान लायक हुन्छ ।

किमा पकाउँदा विशेष ध्यान दिन आवश्यक छ ।
सुरक्षित तापक्रममा खानालाई सुरक्षित राख्नुहोस्

– पाकेको खानालाई कोठाको तापक्रममा दुई घण्टाभन्दा बढी समयका लागि नराख्नुहोस्

– तयार खाना विशेषगरी चाँडै बिग्रने खानालाई पाँच डिग्री सेल्सियसभन्दा कम तापक्रममा फ्रिजमा राख्नुहोस् ।

– खाना पस्कनुअघि त्यसलाई ठूलो आँच (६० डिग्री सेल्सियस तापक्रमभन्दा बढी) मा तताउनुहोस्

– फ्रिजमा पनि खानालाई धेरै समयका लागि नराख्नुहोस् ।
–फ्रोजन फूड अर्थात् जमेका खानेकुरालाई कोठाको तापक्रममा पग्लन नछोड्नुहोस् ।

यो किन आवश्यक ?

पाकेको खानालाई कोठाको सामान्य तापक्रममा राख्दा सूक्ष्मजीव तीब्र रुपमा विकसित हुनसक्छ ।

– पाँच डिग्रीभन्दा कम र ६० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा सूक्ष्म जीवको विकास या त रोकिन्छ या सुस्त हुन्छ ।

यद्यपि, केही यस्ता खतरनाक सूक्ष्मजीव पनि हुन्छन् जुन पाँच डिग्रीभन्दा कम तापक्रममा पनि विकसित भइरहन्छन् ।

सफा पानी र स्वच्छ भोजन सामग्री

– स्वच्छ पानीको प्रयोग गर्नुहोस् र यदि यो उपलब्ध छैन भने यसलाई सुरक्षित प्रयोगका लागि लायक बनाउनुहोस्

– ताजा र पौष्टिक खाद्य सामग्रीको प्रयोग गर्नुहोस्

– यस्तो भोजनको छनोट गर्नुहोस् जसलाई सुरक्षित प्रोसेसिङ गरिएको होस् जस्तै पाश्चुराइज्ड दुध

– फल र सागसब्जीलाई पक्कै पनि धुनुहोस् विशेषगरी जब तपाईं त्यसलाई काँचै खाइरहनुभएको छ ।

– मिति नाघिसकेका खानपिनका वस्तुलाई कहिले पनि प्रयोग गर्नुहोस्

यो किन आवश्यक ?

पानी र बरफलगायतका वस्तुमा सूक्ष्म जीव वा केही नोक्सानी पुर्याउने तत्व हुनसक्छन् । बिग्रिएको र बासी खानामा विषालु रसायन पैदा हुने खतरा रहन्छ ।

खाद्य सामग्री छनोट गर्नेबेला सावधानी अपनाउन आवश्यक छ । त्यस्ता वस्तुलाई धुने, ताछ्नेजस्ता सामान्य उपायमार्फत् खतरा कम गर्न सकिन्छ ।