करेन्ट लागेर १ जनाको मृत्यु

वैशाख २८, काठमाडौ – मोरङको बेलवारी नगरपालिका ९ का ३० बर्षीय दिलिप चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।

शनिवार अपरान्ह दुधे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागी घाईते भएका चौधरीको उपचारको क्रममा धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको वताइएको छ।