दीप प्रज्वलनमा प्रधानमन्त्री देखि कलाकारसम्म – हेरौ तस्बीरमा

बैशाख २५, काठमाडौं – बिश्वब्यापी रुपमा फैलिरहेको कोभिड १९ का बिरुद्ध यतिबेला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु अहोरात्र जुटिरहेका छन् । त्यसकारण उनिहरुको सम्मानमा २५६४ बुद्ध जयन्तीको अवसरमा आज साझ दिप प्रज्वलन गर्न सरकारले आह्वान गरेको छ । अहिलेको अवस्थामा बुद्ध जयन्ती बिभिन्न कार्यक्रम गरेर मनाउने अवस्था नरहेकाले  स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको सम्मानमा घरमा दिप प्रज्वलन गर्न सरकारले अनुरोध गरेको हो ।

यसै अनुरुप  बिहिबार साँझ प्रधामन्त्री निवास बालुवाटारमा दिप प्रज्वलन गरियो । प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरुले संयुत्त रुपमा दीप प्रज्वलन गरे । दीप प्रज्वलन कार्यक्रममा बुद्ध धर्मावलम्वी अगुवाहरु समेत सहभागी भए ।

त्यस्तै मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले पनि कोभिड फाइटरका लागि भन्दै दिप प्रव्वलन गरेको तस्बीर सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् ।

‛सबै मिलेर माया र विश्वासको दियो बाल्नु छ ’भन्दै सञ्चारकर्मी सबिना कार्कीले पनि दीप प्रज्वलन गरेकी छन् । दीप प्रज्वलन गरेको तस्बीर सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले लेखेकी छन् ‛कोरोना बिरुद्ध अहोरात्र खटिने सुरक्षाकर्मी लगायत प्रति हार्दिक नमन ’

त्यस्तै कलाकार तथा समाजसेवी सिताराम कट्टेलले पनि बिश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका छन् । हातमा दियो बालेको तस्बीर सामाजिक सञ्जालमा राख्दै लेखेका छन् ‛बुद्ध जयन्तीको अवसरमा बिश्व शान्तिको कामना गर्दै कोरोना भाइरस बिरुद्ध लड्नका लागी सम्पुर्णमा शत्ति प्राप्त होस’