बिष्फोटक पदार्थ सहित ३ युवक पक्राउ

वैशाख २३, काठमाडौ – इलामको माई नगरपालिका ९ बरुङबाट विभिन्न बिष्फोटक पदार्थ सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा संखुवासभा चैनपुर नगरपालिका बस्ने ५४ वर्षीय हिमाल भन्ने पुष्प कोईराला, ताप्लेजुङ मुकुवाखोला गाउँपालिका घर भएका २६ वर्षीय जलन भन्ने पासाङ डन्डु शेर्पा र उदयपुर तामलिक गाउँपालिका ६ बस्ने १९ वर्षीय सौरब भन्ने पासाङ तामाङ रहेका छन् ।

उनीहरुको साथबाट ईलेक्ट्रिक डेटोनेटर १९ थान, सकेट बम १ थान, प्रेसरकुकर बम १ थान, कुपि बम १ थान, पाइप बम १ थान, बिष्फोटक पदार्थ बनाउन प्रयोग गरिने कच्चा पदार्थ करिब ३ केजी, डेडकट वायर ६७ फिट, बाइनाकुलर १ थान, सलाई १ दर्जन, रिमोट कन्ट्रोल ४ थान, खुकुरी २ थान, खाली प्रेसरकुकर १ थान, मोबाइल ८ थान लगायतका सामानहरु प्रहरीले बरामद गरको छ ।

प्रहरी चौकी दानाबारी, प्रहरी चौकी चिसापानी र प्रहरी चौकी महमाई तथा सशस्त्र प्रहरी बल दानाबारीबाट खटिएको संयुक्त टोलीले सोही ठाउँस्थित खाली घरमा लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको वताएको छ ।