नेपालगन्जमा संक्रमीतका परिवार सहित ९० जनाको स्बाव संकलन

वैशाख २०, काठमाडौ – नेपालगन्ज उपमहानगरपालिका ७ मा बस्ने ६० वर्षे कोरोना संक्रमीत वृद्धको आफन्त र सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन गरिएकोछ ।

शनिबार स्वास्थ्यकर्मी र प्रशासन स्थलगत पुगेर संक्रमीत बस्ने ७ वडा र मस्जीदमा आउने गरेको वडा ८लाई पुरै सिल गरि त्यहाका स्थानीयलाई टोलमै क्वारेन्टाइनमा राखिएकोछ ।

टोलमा अधिकांश मुस्लीम समुदायका भएकाले रोजा बस्नु पर्ने हुदा स्थानीय प्रशासनले तोकेको क्वारेन्टाइनमा नबस्न प्रशासनलाई अनुरोध गरेका थिए ।