सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी

वैशाख १४, काठमाडौ – झापाको सिमावर्ती क्षेत्रमा प्रहरीलाई बस्न बनाएको अस्थायी टहराबाट सुरक्षा दिँदै सुरक्षाकर्मी । कोभिड– १९ को सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन अवधिमा नेपाल–भारत सिमानामा आवतजावत नियन्त्रण गर्न झापा जिल्लाको १४४।०२ किलोमिटर बोर्डर क्षेत्रमा २३३ अस्थायी चेकपोष्टमा एक हजार ५०० सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन् । तस्बिरः सुरेन्द्र भण्डारी/रासस