सलमान खानले ल्याए कोरोना सम्बन्धी गीत ’प्यार करोना’(भिडियो)

बैशाख ९, एजेन्सी – बलिउडका चर्चित अभिनेता सलमान खान अभिनय मात्र गर्दैनन् गीत पनि गाउँछन् ।

खानले कोरोना सम्बन्धी जनचेतना जगाउने गीत सार्वजनिक गरेका छन् । ’प्यार करोना’ बोलको गीत सोमवार उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमा अभिनेता सलमानकै स्वर र शब्द रहेको छ ।

भने सार्वजनिक भिडियोमा पनि उनलाई नै देख्न सकिन्छ । गीतमार्फत उनले आम मानिसहरूलाई कोरोनाबाट बच्ने सल्लाह दिनुका साथै लकडाउनको सबैले पालना गर्नुपर्ने बताएका छन् ।

करिब १ महिना लामो लकडाउनले भारतमा जनजीवन निकै प्रभावित भइरहेका बेला सलमानले आफ्नै तर्फबाट सहयोग गरिरहेका छन् ।