उदयपुर मस्जिदकै एक जनामा कोरोना संक्रमण भएको पुष्टि

बैशाख ९, काठमाडौं – उदयपुर मस्जिदकै थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास विकास देवकोटाले कोरोना भाइसरसकं संक्रमण भएको पुष्टि गरेका हुन ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ। संक्रमण देखिएका व्यक्ती उदयपुरमा यसअघि देखिएकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन् । देवकोटाले जानकारी दिए ।

संक्रमण देखिएका व्यक्ति ३३ वर्षका छन् । उनको कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा संक्रमण पोजिटिभ आएपछि थप पुष्टिका लागि टेकुस्थित प्रयोगशालामा जाँच गरिएको थियो ।

यो सँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ। संक्रमितमध्ये ४ जना निको भएर डिस्चार्ज भइसकेका छन्।