‘बल्छी धुर्बे’ले गरे मजदुर परिवारलाई सहयोग

बैशाख ८, काठमाडौं – कलाकार मरीचमान श्रेष्ठ ‘बल्छी धुर्बे ’ले एक मजदुर परिवारलाई सहयोग गरेका छन् ।

विगत १० वर्षदेखि काठमाडौँमा ज्याला मजदुरी गर्दै आइरहेका र लकडाउनका कारण समस्यामा परेका परिवारलाई श्रेष्ठले खाद्यान्न लगायत सामाग्री सहयोग गरेका हुन् ।

दुई सन्तान र प्यारालाइसिस भएकी श्रीमतीसँग बस्दै आएका मधुधन राईलाई उनले श्रेष्ठले राईकै डेरामा पुगेर सहयोग गरेका हुन् ।
बल्छीले जबसम्म लकडाउन खुल्दैन तबसम्म उनीहरूको सम्पूर्ण खर्च हेरिदिने बताएका छन् ।

उनले ‘यो लकडाउन दुई महिना होस् वा १ वर्ष नै होस, उहाँहरूको आय श्रोत नखुलेसम्म मैले उहाँहरूलाई सहयोग गर्नेछु ।’ भनेका छन् ।