सुख्खा चाउचाउ र चिउराको भरमा पैदल यात्रा (भिडियो)

वैशाख३, काठमाडौ – लकडाउन भएपछि लामो दुरीका यात्रु अलपत्रमा परेका छन् । सर्वसाधारण पैदल यात्रा गर्दै गन्तव्यमा पुग्न थालेका छन् । झोलामा सुख्खा, चाउचाउ चिउराको भरमा सडक पेटीमा रात विताउदै उनीहरुले हप्तौ लगाएर यात्रा गरिरहेका छन् । शुक्रबार नुवाकोट र काठमाडौदेखि पैदल यात्रा गरि आएका २५ जनाको समुह कोहलपुर आउदा साझ ५ बजेको थियो ।

यिनीहरु सवै जना वर्दिया निवासी भएको वताए । एक हप्ता लगाएर उनीहरु कोहलपुर पुगेपनि त्यहाबाट वडा कार्यालले गाडिको व्यवस्था गरेको थियो । समुहका राजेश चौधरीले पदैल यात्राको अनुभव सुनाउदै भन्छन्,‘काठमाडौमा भोकै मर्नु भन्दा हिडेरै घर आयौं ।’ उनीहरु खेतमा बाली स्याहार्न भएपनि घर आउनु पर्ने बाध्यता रहेको बताए ।

भिडियो