लकडाउनमा दाउराको पिर (भिडियो)

वैशाख २, काठमाडौ – लकडाउनमा घरभरि मान्छे छन् । काम नगरि खान पुग्दैन । बिहान साझ पकाउने जिम्मा महिलाकै हुन्छ । ग्यास सकिएपछि बांकेको कोहलपुर नगरपालिका ११ शान्ती नगरका महिलालाई परिवारलाई पकाएर खुवाउन चुनौति थपिएकोछ । उनीहरु बिहानै दाउरा खोज्न जंगल जान्छन् । लुकेर ल्याएको दाउराले उनको घरमा चुल्हो जल्छ ।

गत शनिबार दाउरा खोजेर घर फर्किदै गरेकी पार्वती परियारले ग्यासको विकल्प खोज्न जंगल धाउनु परेको सुनाइन् । ‘ग्यास छैन, न त पैसा । घर भरि खाने मान्छे मात्रै छन्’, उनले भनिन्, ‘दाउरा खोजेरै भएपनि खाना पकाउने बाध्यता छ ।’

लकडाउनमा ग्यास सकिएपछि बांकेको कोहलपुर नगरपालिका ११ शान्ती नगरका महिलालाई परिवारलाई पकाएर खुवाउन चुनौति थपिएकोछ । उनीहरु बिहानै दाउरा खोज्न जंगल जान्छन् ।

भिडियो  हेर्नुहोस