भारतमा थपियो लकडाउन – मे ३ सम्म लागु हुने

बैशाख २, एजेन्सी – भारतमा ३ मेसम्म लकडाउन थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्बोधनको क्रममा यस्तो घोषणा गरेका हुन् । उनले सबैसँगको सल्लाह र सुझावमा यस्तो निर्णय लिइएको जानकारी दिएका छन् ।

मोदीले लकडाउन बढाएपछि पहिलाको भन्दा पनि बढी सतर्कता अपनाउनुपर्ने बताएका छन् । उनले यसमा थप कठोरता लागू गरिने बताएका छन् । मोदीले २० अप्रिलसम्म लकडाउनको कति पालना भइरहेको छ त्यसको मूल्यांकन लगातार गरिने बताएका छन् ।