५ हजार परिवारलाई सचिनको सहयोग

 

चैत २९, एजेन्सी – क्रिकेट हस्ती सचिन तेन्दुलकरले ५ हजार परिवारलाई एक महिनाको रासन उपलब्ध गराउने भएका छन् ।

सचिनले गैरसरकारी संस्था अप्नालयसँग मिलेर ५ हजार परिवारलाई सहयोग गर्ने भएका हुन् ।

सचिनले विश्वभर त्रासको रुपमा फैलिएको कोरोना भाईरसको कारण मारमा परेका ५ हजार परिवारलाई एक महिनाको रासन उपलब्ध गराउने छन् ।

सचिनले दैनिक ज्यालादारी गर्दै जिविकोपार्जन गर्ने परिवारलाई सहयोग गर्ने छन् ।

अप्नालयको आधिकारिक ट्वीटमा सचिनको सहयोगलाई धन्यबाद दिदै भनेको छ, ’लकडाउनको समयमा असर परेको परिवारलाई सहयोग गरेकोमा सचिनलाई धन्यवाद । उनले ५ हजार परिवारलाई एक महिनाको रासन सहयोग गर्ने छन् ।’

यस्तै सचिनले सो ट्वीटलाई उदृत गर्दै राम्रो कामको लागि शुभकामना समेत दिएका छन् ।

कोरोनाको कारण भारतमा २१ दिनको लकडाउन जारी रहेको छ ।