दशगजाको क्वारेन्टाइनमा छैन सामाजिक दुरी (भिडियो हेर्नुहोस)

चैत्र २६, बांके – नेपालगन्ज रुपैडिया नाकास्थित दशगजामा १ सय ८१ जना नेपाली क्वारेन्टाइनमा राखिएकोछ ।

भारतदेखि मजदुरी गरेर आएका उनीहरुलाई कोरोना संक्रमण हुनु बाट जोगाउन दशगजामा राखिएको हो ।

एक हप्ता सम्म सिमा पारि अलपत्र परेका उनीहरुलाई टेन्ट बनाएर क्वारेन्टाइन्टमा राखियो । तर, उनीहरुको दैनिकी नियाल्ने हो भने, क्वारेन्टाइनको मापदण्ड लागु भएको देखिदैन ।

एउटै टेन्टमा चार जना राखिएको छ । उनीहरु बाहिर घाम ताप्न आउछन् । संगै समुहमा बाधिएर नुहाउछन् । कुराकानी गर्छन । क्वारेन्टाइनमा ६ फिटको दुरी कायम भएको देखिदैन ।

यदि यो समुह बिच कसैलाई कोरोना संक्रमण भएको हो भने तुरुन्तै सबैलाई सर्ने सम्भावना देखिन्छ । उनीहरुको दैनिक गतिविधिले सामाजिक दुरी कायम गर्दैन । यसले गर्दा क्वारेन्टाइनमा बसेका दशगजाका नेपाली साच्चीकै आफैमा सुरक्षित छन् ? यस प्रति न प्रशासन न स्वास्थ्यकर्मी कसैले चासो दिएको देखिएन । भिडियो हेर्नुहोस