परीक्षणको दायरा फाकिलो बनाऊ – सभापति देउवा

चैत्र २५, काठमाडौ-  नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गरेका छन । उनले सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि यसलाई गम्भीरता साथ लिनुपर्ने उल्लेख गरेका हुन ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, कैलाली र कञ्चनपुरलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन संवाद गरेपछि आफूले त्यस्तो महसुस गरेको सभापति देउवाले उल्लेख गरेका हुन । सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, “व्यापक परीक्षण गर्न तत्काल गति बढाउनु पर्ने स्थिति छ, सरकारको ध्यानाकर्षण गराउँछु ।”रासस