नाइँ नभन्नू ल ६ मा वर्षाको इन्ट्री

चैत १९, काठमाडौं – कोरोना भाइरसको प्रभावले यतिबेला फिल्महरु बन्द रहेका छन् ।

चलचित्र सम्बन्धी सम्पूर्ण काम बन्द छन् । यसै सुनसानको स्थिति बिच चैत अन्तिम साताबाट फ्लोरमा जान तयार चलचित्र ’नाइँ नभन्नू ल ६ स्थिति सामान्य नभएसम्म छायाङ्कनमा नजाने जानकारी आएको छ ।

यति बेला चलचित्रका लागि कलाकार छनोट काम भइरहेको छ । यसमा अनुभव रेग्मी, सेड्रिना शर्मा, सलोन बस्नेतको अभिनय रहने पक्क भैसकेको छ भने तीन अभिनेत्री हुने बताइएको छ ।