सरकारी कोषमा बलिउडकर्मीको सहयोग, कस्ले कति दिए ?

चैत १८,एजेन्सी – चिनबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको छ । हरेक देशले यतिबेला कोरोना बिरुद्ध लड्नका लागि कोष निर्माण गरिरहेका छन् ।

नेपालमा एक हप्ताको लकडाउन पनि पुन एक हप्ता थप गरिएको छ । भारतमा २१ दिन लकडाउन गरिएको छ । भारतले निर्माण गरेको सरकारी कोषमा बलिउड कलाकारहरुले सहयोग गरिरहेका छन् ।

नागरिकलाई खाद्य एवम् स्वास्थ्य सुरक्षा दिन सरकारले प्रायः देशमा राहत कोषको स्थापना गरेको छ । २१ दिन लकडाउन गरिएको भारतमा बलिउड कलाकारले सरकारी कोषमा उल्लेख्य सहयोग गरिरहेका छन् ।

सलमानले मजदुरलाई सहयोग गर्ने
धेरै रुचाइने बलिउडकर्मी हुन् सलमान खान । कोरोना भाइरसका कारण ज्यादा मजदुरी गर्ने भएका छन् । उनले अहिले दैनिक ज्याला–मजदुरी गर्ने कामदारलाई आर्थिक सहयोग गर्दै बलिउडमा सक्रिय सम्पूर्ण संघसंस्थालाई थप सहयोग गर्न अपील गरेका छन् । उनले विशेषत बलिउडमा कामगर्ने कामदारलाई सहयोग गरेका हुन् ।

अक्षय कुमारले दिए २५ करोड
बलिउड अभिनेता अक्षयकुमारले कोरोनाविरुद्ध लड्नका लागि खडा गरिएको सरकारी कोषा २५ करोड दिएका छन् । अक्षय कुमारले कोरोना संकटका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थापना गरेको ‘पीएम केयर्स फण्ड’लाई अक्षयले उक्त रकम सहयोग स्वरुप दिने बताएका छन् ।

धवनको ५५ लाख सहयोग

बलिउड कलाकार वरुण धवनले पीएम केयर फण्डमा ३० लाख र ‘महाराष्ट्र सिएम रिलिफ फण्ड’मा २५ लाख गरी कुल ५५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । ‘देश छ त हामी छौं । हामी तपाईको साथमा छौं ।’ भन्दै उनले उक्त सहयोग घोषणा गरेका हुन् ।

कपिलले दिए ५० लाख
भारतको चर्चित टेलिभिजन शो कमेडी च्याम्पियनका कपिल शर्माले ‘पीएम कयेर फण्ड’मा ५० लाख र अभिनेता ऋतिक रोशनले २० लाख रुपैयाँका साथै मास्क र अन्य सुरक्षा सामग्री सहयोग गर्ने बताएका छन्

हेमा मालिनीको एक करोड सहयोग
अभिनेत्री हेमा मालिनीले एक करोड गर्ने घोषण गरेकी छन् ।