मजदुरका लागि एन आई सी एशियाद्वारा पाँच लाख बराबरको खाद्यान्न सामग्री वितरण

चैत्र १७, काठमाडौ–कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला दैनिक ज्याला मजदुरी गर्नेहरुलाई एन आई सी एशिया बैंकले पाँच लाख रुपैया बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई नेपाल प्रहरीसँगको सहकार्यमा सामाग्री वितराण गरेको वैकले जनाएको छ ।

वैकका अनुसार आइतबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी श्री विश्वराज पोखरेललाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन ।

यस कार्यवाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास लिएको छ ।

यसै गरि विपतको घडिमा बैंकले आफ्ना ग्राहकमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको समेत विज्ञप्तीमा जनाइएको छ ।

बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरुले घरबाटै बसेर निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ