रचनात्मक तरिकाले यसरी बढाउनुस साथीसंगको सम्बन्ध

चैत १४, काठमाडौं कोरोना भाइरसको रोकथामका लागि लकडाउन लागुभएसंगै धेरैको दैनिकी घरमै बितिरहेको छ । साथीहरुसंगहरुका समय बिताउन पाइएको छैन । केहि समयका लागि सामाजिक दुरी बढेको छ । तर सामाजिक दुरी बढ्यो भन्दैमा निरास हुनुपर्ने अवस्था भने छैन । घरमै बसेर पनि साथीहरुसंग रमाइलो गर्न सकिन्छ । घरमै बसेर कसरी सामाजिक दुरी बढाउने भन्ने बारेमा यहा चर्चा गरिएको छ ।

१ पढ्ने गुप्र निर्माण गर्नुस

यदि तपाई पढ्नमा रुचि राख्नुहुन्छ भने पढ्ने साथीहरु बिच ग्रुप बनाउन सक्नुहुनेछ । प्रत्येक दिन एउटा किताब छनोट गरेर सामुहिक रुपमा पढ्ने योजना बनाउनुस । किताबबारे चर्चा गर्नका लागि तपाईहरुले एकअर्कालाई कल, च्याट वा भिडियो मार्फत कुरा गर्न सक्नुहुनेछ । यसले गर्दा घरमै बसेर मनोरञ्जन सहित अध्ययन गर्न सकिन्छ । यसले अध्ययनको दायारा बढ्नुका साथै एक्लोपन हटाउन समेत मद्धत गर्दछ ।

२ साथीलाई पत्र लेख्नुहोस

आजभोली पत्र लेख्ने चलन हराइसक्यो । प्रबिधिको बिकाससंगै चिठी पत्र बिस्थापित हुदै गएको छ । यदि तपाई एक्लै बसेर कसैको बारेमा सोच्दै हुनुहुन्छ भने उसलाई पत्र लेख्न सक्नुहुनेछ । यसले तपाईले लेख्ने तरीका पनि सिक्नुहुनेछ । लेखेका पत्रलाई तपाइले मेलबक्समा पठाउनु पनि सक्नुहुनेछ । जुन सधै भरि राख्न सक्नुहुनेछ ।

३ गेम खेल्नुहोस
साथीहरु बिच रमाइलो गर्न, भावात्मक सम्बन्ध बढाउनका लागि अनलाइ गेम खेल्न सकिन्छ । भिडियो गेम पनि खेल्न सकिनेछ । यसले मनोरञ्जन दिनका साथै भावानात्मक दुरी पनि बढाउदछ ।