कोरोनाबारे अफवाह फैलाउने पास्टर पोखराबाट पक्राउ

चैत ११, काठमाडौं-  यशूले कोरोनाभाइरसका बिरामीलाई निको पार्ने भन्दै भ्रम फैलाउने पास्टर पोखराबाट पक्राउ परेका छन्।

सोमबार राति पोखराको पावर हाउसबाट पास्टर केशवराज आचार्य पक्राउ परेका हुन्।

उनले मान्छेहरूलाई भेला पारी ’यशूले कोरोनाभाइरस निको पार्ने’, ’परमेश्वरको कृपा चाइनामाथि छ’, लगायतका भ्रम फैलाएको आरोपमा पक्राउ परेका हुन्।

यसअघि उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।