अन्जु पन्तको ‘फुलेको केश’मा दिलीपको अभिनय- भिडियो सहित

चैत ७, काठमाडौं  – अन्जु पन्तको स्वर रहेको गीत ‘फुलेको केश’ सार्वजनिक भएको छ । गीतकार श्रीमती तारा अधिकारीको शब्द रहेको गीतमा वसन्त सापकोटाले सङ्गीत भरेका छन् ।

गीतलाई फणीन्द्र राईले एरेन्ज गरेका छन् । रमेश थापाको निर्देशनमा बनेको सार्वजनिक गीतको भिडियोमा दिलीप रायमाझी, सिरु विष्ट, तारा अधिकारी, सुजता बराल र सुलोचना आचार्यको अभिनय रहेको छ ।

भिडियो सम्पादनको जिम्मा नहकुल खड्काले लिएका छन् ।