२५ करोडको क्षतिपुर्ती सहित तनुश्री विरुद्ध मानहानीको मुद्दा

चैत ३, एजेन्सी – बलिउड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकर माथि यौन हिंसाको आरोप लगाएकी थिइन् ।

आफूलाई यौन हिंसा गरेको भन्दै नानामाथि आरोप लगाएकी तनुश्री विरुद्ध नाना पाटेकरको एनजिओले मानहानिको मुद्दा हालेको छ । नाना पाटेकरको संस्था ‘नाम फाउन्डेसन’ले उनलाई अदालतमा मुद्दा दायर गर्दै २५ करोड क्षतिपूर्ति माग गरेको छ ।

तनुश्रीले पछिल्लो समय पाटेकरको संस्था नाम फाउन्डेसन माथि पनि प्रहार गर्दै आएकी थिइन् । अब बम्बे हाइकोर्टले यो विषयमा तनुश्रीलाई नाम फाउन्डेसनको विरुद्धमा नबोल्न आदेश दिएको छ ।

अभिनेता नाना पाटेकर र मकरन्द अनासपुरेले सन् २०१५ मा सुरु गरेको ‘नाम फाउन्डेसन’ले किसानलाई राहत मिल्ने काम गरिरहेको थियो ।
तर अभिनेत्री तनुश्रीले २०२० मा गरेको एक पत्रकार सम्मेलनमार्फत सो संस्थामाथि पनि आरोप लगाएकाले फाउन्डेसनको प्रतिष्ठामा क्षति पुगेको बताइएको छ ।