रगतको अभाव हुँदा बिरामी समस्यामा

फागुन ३० चितवन-  रक्तदानका कार्यक्रम नभएपछि विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई रगतको अभाव हुन थालेको छ ।

यतिबेला सभा, सम्मेलन र जमघटका कार्यक्रम नगर्न अनुरोध भएपछि जिल्लामा आयोजना गर्न लागिएका १० वटा रक्तदानका कार्यक्रमसमेत स्थगित भएका छन् ।

जिल्लाका अस्पतामा रातो रगतसँगै सेतो रगतको माग पनि हुँदै आएको छ । भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँगै जिल्लाका अन्य साना अस्पतालमा हुने नियमित शल्यक्रियमा समेत रगत पु¥याउन नसकिएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ ।

अहिले रक्तदाता स्वंयसेवी संस्थालेसमेत रक्तदाता जुटाउन समस्या परेको जनाइएको छ । जिल्लामा दैनिक १५० युनिट हाराहारी रगत आवश्यक पर्ने गर्दछ ।

कार्यालयले चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायत जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गरेको थियो । ती जिल्लामा समेत रक्तदान नहुँदा रगतको मागअनुसारको पूर्ति गर्न कठिन भएको केन्द्रले जनाएको छ ।

जिल्लामा माग हुने रगतमध्ये सबैभन्दा बढी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका बिरामीलाई जाने गर्दछ । यसका साथै भरतपुरको सरकारी अस्पताल, दुई निजी मेडिकल कलेज र निजी अस्पतालमा रगत आवश्यक पर्दछ ।