फागुन २०, काठमाडौं – प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार पाँचवटा विश्वविद्यालका उपकुलपति नियुक्त गरेका छन्।
नेपाल संस्कृत विश्वविद्यालमा प्रा.डा . प्रेमनारायण अर्याल, सुदुरपश्चिम विश्वविद्यालयमा प्रा.डा. अमरराज जोशी, पोखरा विश्वविद्यालयमा प्रा. डा. इन्द्र तिवारी ,पुर्वाञ्चल विश्वविद्यालयमा प्रा. डा. यादवराज कोईराला र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा. नन्दबहादुर सिंह उपकुलपति नियुक्त भएका हुन्।
नेपाल संस्कृत र सुदूरपश्चिम विश्वविद्यालयमा कांग्रेसनिकटका उपकुलपति नियुक्त भएका छन् भने अन्यमा सत्तारुढ दल नेकपानिकटका उपकुलपति नियुक्त भएका छन्।
यसअघि यी विश्वविद्यालय उपकुलपतिलगायतका पदाधिकारीविहीन थियो।
