म्यान्चेष्टर सिटीलाई लिग कपको उपाधि

फागुन १९, एजेन्सी – म्यान्चेष्टर सिटीले तेस्रो पटक लिग कपको उपाधि जितेको छ । आईतबार राति भएको खेलमा एन्टन भिल्लालाई पराजित गर्दै सिटीले लिग कपको उपाधि उचालेको हो ।

वेम्वलीमा भएको खेलमा सिटीले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्यो । पेप ग्वार्डिओलाको टिमले गत बर्ष ऐतिहासिक रुपमा लिग कप, प्रिमियर लिग र एफ ए कपको उपाधि उचालेको थियो ।

सर्जियो अग्युरो र रोड्रीले गोल गर्दै सुरुवातमै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ३० मिनेटभित्रै सिटीले खेलमा २–० को अग्रता बनाउन सफल भएको थियो । भिल्ला क्लबका मबवाना समताले हेडमार्फत एक सानत्वना गोल गरे ।

म्यान्चेष्टर सिटी यस बर्ष प्रिमियर लिगको उपाधि होडबाट लगभग बाहिरिसकेको छ । शीर्ष स्थानको लिभरपुल भन्दा सिटी २२ अंकले पछाडी छ ।

सिटीले गत बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगको खेलमा रियल मड्रिडलाई पराजित गरेको छ । त्यसको एक हप्ता नबित्दै रियलले ईएफएल कपको उपाधि उचालेको हो ।