अस्पताल भर्नाको तयारीमा प्रधानमन्त्री ओली

फागुन १८, काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दोस्रोपटक गरिने मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ ।

यही बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुने भएका छन् ।

प्रधानमन्त्री ओलीको यसअघि २०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि सोमबार मन्त्रिपरिषद्को नियमित भने बैठक बस्ने भएको छ ।