घरेलु विधिद्धारा ओठमा यसरी ल्याउनुस ओठमा चमक

फागुन १६ काठमाडौं – सुत्नुअघि कागतीको रस ओठमा लगाउनुस् । एकदेखि दुई महिनासम्म यो नियमित गर्न सकिन्छ ।

चुकन्दरमा भएको सेतो तत्वले तपाईंको ओठ चम्किलो बनाउँछ । सुत्नुअघि चुकन्दर लगाउने र बिहान सफा गर्ने गर्नुपर्छ । चुकन्दरको रातो रङले ओठलाई गुलाबी बनाइदिन्छ ।

ओठमा भएका पुराना कोशिका, जसले तपाईंको ओठलाई कालो बनाएको छ, तिनलाई हटाउन हप्तामा एकपटक ब्रसले बिस्तारै घोट्नु राम्रो हुन्छ । तर, ओठमा घाउ हुने गरी घोट्नुहुँदैन ।

ओठबाहिर सामान्य रगड्दा बिस्तारै पुराना कोषिका हटेर नयाँ आउँछन्, तपाईंको ओठको सौन्दर्य बढ्छ । जैतुनको तेल केही थोपा र एक चम्चा चिनी मिसाएर ओठमा लेपन गरी रगड्दा पनि राम्रो हुन्छ ।

ओठमा घिउकुमारी लगाएमा पनि चमक बिस्तारै फर्कन सक्छ । त्यस्तै, दूध र बेसार मिसाएर लगाउँदासमेत राम्रो हुन्छ ।