कोरोना संक्रमण विश्वभर फैलँदै, युरोपमा पनि देखापर्न थाले संक्रमित

फागुन १५, एजेन्सी कोरोना भाइरसको महामारी विश्वमा दिन प्रतिदिन फैलिरहेको छ। प्रायः इटालीको भ्रमण गरेर यूरोप फर्किएकाहरू कोरोना संक्रमित भएको जनाइएको छ ।

अस्ट्रिया‚ क्रोएसिया‚ स्वीजरल्याण्ड र ग्रिसमा पनि कोरोनाको संक्रमण देखिएको छ। यसैगरी फ्रान्समा ६० वर्षीय एक व्यक्तिको कोरोनाकै कारण ज्यान गएको छ।

ल्याटिन अमेरिकामा पनि प्रथमपटक कोरोनाको संक्रमण देखिएको छ‚ संक्रमित व्यक्ति इटाली भ्रमण गरेर फर्किएको जनाइएको छ ।
जर्मनी‚ फ्रान्स र इटालीका स्वास्थ्य मन्त्रीहरूले आफ्नो देशको सीमा खुल्ला राख्ने प्रतिबद्धता समेत गरेका छन्।