किन चीन र भारतको लागि बिवाह एउटा संकट हो ?

क्षितिजको पश्चिम कुनावाट

काठमाडौ- चीन र भारत, बिश्व मानवताको ३ भागहरुको बासस्थान, दुबैले बिवाहको संकट ब्योहोरिरहेकै छन जुन आउने थुप्रै पुस्ताहरु सम्म निरन्तर हुने देखिन्छ ।

हालसम्मको नजिकको तथ्याँक अनुसार २०१० सम्म पनि बिवाहको ढाँचा दुबै मुलुकहरुमा सामान्य नै देखिन्थ्यो । अहिले भारतले आफ्नो ५०० वर्ष पुरानो कानूनहरु पुनरावलोकन गरिरहेको छ र पुरुषहरुलाई आफ्नो जात, गाँउ र राज्य भन्दा बाहिरबाट पनि बिवाह गर्ने अनुमति दिईरहेको छ जबकी चीनमा ५ करोड पुरुषहरु ग्वाँनगुन (guanggun) अर्थात नाँगा हाँगाहरु (bare branches) भनेर चिनिन्छन र जो अबिवाहित वा कुमार रहन अभिशप्त छन ।

कुन कारणहरुले बिवाहको यस्तो संकट निम्त्यायो त ?

प्रथमत: लाखौंमा महिलाहरु हराएका छन । चीन र भारतमा समेत एक पुस्ता अघि छोरा पहिलो रोजाई हुनु वा नभई नहुनु, पहिलो पटक आमाबाबु बन्ने जोडीहरुका लागि जन्मपुर्ब गरिने गर्भपरिक्षण सर्वत्र र सजिल्यै उपलब्ध हुनु, छोरी भ्रुण हत्या डरलाग्दो रुपमा बढ्नु र छोरा मात्र जन्माईनु ।

एशियाली भुखण्डमा यो क्रमको उत्कर्षको परिणाम स्वरूप हरेक १०० केटीहरुको लागि १२० केटाहरुको जन्म भएको देखियो । जन्मको दौरानमा लिंगको भेदभावमा गरिएको यस्तो अभ्यासहरुको शिकार भएका पुस्ताहरु अहिले बिवाहयोग्य उमेरतिर पुगिरहेका छन । फलस्वरुप पुरुषहरुले स्त्रीहरुको संख्यालाई निकै नै पछि पारेका छन ।

यदि चीनमा जन्मिएका बच्चाहरुको जन्मदाको लिंगानुपात सामान्य हुँदो हो त २०१० मा चीनीयाँ स्त्रीहरुको जनसंख्या ७२० मिलियन (७२ करोड)पुग्नु पर्ने थियो । तर यथार्थमा यो मात्र ६५५ मिलियन (६५.५ करोड) रहयो । जबकी पुरुष र केटाहरुको जनसंख्या ७०५ मिलियन (७५ करोड) – क्षण्डै ५ करोड बढी दुलाहाहरु ।

बाल जन्मदरले यो संकटलाई अझ स्पष्ट रुपमा मुखरित गर्छ । जब कुनै पनि देशको (जस्तो कि भारतमा) जन्मदर तल झर्छ तब एकै जन्म समयका युवा जनसंख्या पाको जनसंख्याको तुलनामा सानो हुन थाल्छ । बिवाह गर्दा यदि पुरुषहरु स्त्रीको तुलनामा ठुला छन भने (जस्तो कि प्राय: हुने गर्छ) सम्भावित दुलहीहरुको संख्या दुलाहाहरुको तुलनामा कम हुन्छन किनकी दुलहीहरु सम्भवतस् ढिला जन्मिएका हुन सक्छन, बाल जन्मदर तल झरेका कारणले ।

त्यसपछि अर्को कारण बन्छ लामबद्ध असर (queuing effect) । जब कुनै पुरुषले बिवाह गर्न तत्काल दुलही भेटेन भने ऊ खोज्न थाल्छ । अन्ततोगत्वा ऊ जवान पुरुषहरुसंगको प्रतिस्पर्धामा सामेल हुन पुग्छ र परिणामस्वरूप अबिवाहित पुरुषहरुको संख्या बढन थाल्छ, लामबद्धताको असर स्वरुप । २०६० को हाराहारीमा बिवाहको लागि १६० चीनीयाँ र भारतीय पुरुषहरु १०० स्त्रीहरुको लागि प्रतिस्पर्धा गरिरहेको हुन सक्नेछन ।

यो नितान्त ह्रिंसक अथवा आततायी निचोराई हो । यो हाम्रो जस्तो समाजका लागि जहाँ बिवाह बृहत नागरिक समाजको सम्मानित सदस्य बन्ने आधारभुत आवश्यकता होस झनै जटिल र दुखदायी हुन सक्छ । यो ज्यादै ठुलो रुपमा हानीकारक पनि हुन सक्छ । झण्डै सबैतिर, एक्लो अनि अबिवाहित पुरुषहरुको ठुलो संख्या हिंसाको उच्चदर र अपराधसंग आबद्ध भेटिन्छन । कसैलाई पनि खाशै हेक्का छैन कि यी राष्ट्रहरुले कसरी सम्बोधन गर्नेछन भनेर ।

श्रोत: गो फिगर, द इकोनोमिस्ट

प्रस्तोता: अशोक कुमार गहतराज सुनार