नियमित पत्रकार सम्मेलन स्थगन

फागुन ८, काठमाडौं हरेक हप्ता हुने मन्त्रिपरिषदको नियमित पत्रकार सम्मेलन स्थगनआजको लागि स्थगन भएको छ ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटा ले प्रधानमन्त्रीसमक्ष राजीनामा दिइसकेको हुँदा नियमित पत्रकार सम्मेलन स्थगित भएको हो ।

सञ्चारमन्त्री बाँस्कोटाले आजै प्रधानमन्त्रीलाई राजीनामा दिएका हुन् ।  यसअघि मन्त्रिपरिषद्ले गरेका निर्णय हरेक बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुँदै आएको थियो।

पत्रकार सम्मेलनमा सहभागी हुन मन्त्रालय पुगेका पत्रकारलाई विशेष कारणले आजको पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी गराइएको थियो।