बच्चालाई उमेर अनुसारको खाना जरुरी

फागुन ८, काठमाडौं – शिशु जन्मेदेखि ६ महिनासम्म सम्भव भएसम्म आमाको दूध नै खुवाउनुपर्छ । र, यो पर्याप्त हुन्छ । तर, ६ महिना पूरा भएपछि बच्चालाई आमाको दूधसँगसँगै अन्य पोषिलो खानेकुरा पनि खुवाउनुपर्छ । ६ महिनापछि थप खाना खुवाउँदा बच्चाको उमेर, रुचि, मात्रा, सरसफाइ, बाक्लोपना र सक्रियतालगायतका कुरामा पनि ख्याल गर्नुपर्छ ।

६ देखि ९ महिनासम्म – आमाको दूधसँगै दिनमा तीनपटक पोषिलो खाना खुवाउने, खाना खुवाउँदा हतार नगर्ने

९ देखि १२ महिनासम्म – आमाको दूध र दिनमा तीनपटक खाना र एकपटक खाजा खुवाउने , खाजामा केरा, अन्डाजस्ता खानेकुरा पनि समावेश गर्ने

१२ देखि २४ महिनासम्म –  आमाको दूध र दिनमा तीनपटक खाना र दुईपटक खाजा खुवाउने, खानामा अन्न वा कन्दमुल, गेडागुडी, तेलहन, गाई वा भैँसीको दूध, दुग्धजन्य अन्य पदार्थ, माछा–मासु, अन्डा, हरियो सागपात र फलफूल मिलाएर खुवाउनुपर्छ ।
ठोस पदार्थमा गहुँ, कोदो, मकै, फापरबाट बनेको लिटो खुवाउने