वुहानबाट फर्किएका नेपालीमा देखिएन कोरोना

फागुन ७, काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खरिपाटी क्वारेन्टाइनमा रहेका सबै जना स्वस्थ रहेका छन् ।

चीनको वुहानबाट उद्धार गरी ल्याएका सबैको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नरहेको पाइएको छ ।
क्वारेन्टाइनमा रहेका सबैको थ्रोट स्वाब (घाँटीर्को याल) परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नभेटिएको हो। उनीहरुको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।

वुहानबाट उद्दार गरेर ल्याइएका १७५ नेपालीलाई त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य जाँचपछि खरिपाटीस्थि क्वारेन्टाइनमा लगिएको थियो । क्वारेन्टाइनमा उनीहरुलाई बस्न विशेष व्यवस्था मिलाइएको छ ।