कोरोना भाइरसबारे पहिलो चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु

माघ २४, एजेन्सी – चीनमा फैलिएको कोरोना भाइरसको बारेमा सबैभन्दा पहिलो पटक चेतावनी दिने चिकित्सकको मृत्यु भएको बीबीसीले जनाएको छ।

चिनियाँ सरकारी सञ्चार माध्यम तथा विश्व स्वास्थ्य संगठनले पहिलो उसको मृत्युको खबर दिएका थिए । तर पछि वुहान केन्द्रीय अस्पतालले सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्य गम्भीर रहेको र उनको जीवन बचाउने हरसम्भव प्रयास भइरहेको बताइएको थियो।

चिनियाँ मिडियाका अनुसार वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ वेन लियागनले कोरोना भाइरसबाट संक्रमित भएको तथा ३० डिसेम्बरमा उनले आफ्नो साथी चिकित्सकलाई केही विरामीमा कोरोना भाइरसको लक्षण देखिएको चेतावनी दिएका थिए।

३४ वर्षीया डा. ली वेनलियाङलाई चिनियाँ सामाजिक सञ्जालमा केही दिनदेखि ‘हिरो’ को रुपमा देखाइएको छ ।