प्रियंका र आयुष्मानको बिहेको मिति पक्का

माघ १७, काठमाडौं – नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति पक्का भएको छ।

उनीहरूले यही फागुन १७ गते वैवाहिक जीवनमा बाँधिने निर्णय गरेका हुन् ।

पारिवारिक सहमतिमा उक्त मिति तय भएको हो । विवाहको लागि टिका टाला गरेको दुई वर्षपछि उनीहरूको विवाह मिति तोकिएको हो ।

केही दिन अघि विवाह हुने निश्चित भएपछि प्रियंका ब्याचलर पार्टी दिन थाइल्यान्ड पुगेकी थिइन्।

एक पछि अर्को गर्दै तोकिएको विवाह मिति सार्दै आएका उनीहरू केही दिन यता विवाहको मुडमा देखिएका थिए ।