१२ लाख भारतीय रुपैयाँ सहित सुभाष चन्द पक्राउ

माघ १६, काठमाडौ -वीरगंज महानगरपालिक -८ घण्टाघरबाट प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरको १२ लाख भारतीय रुपैयाँ सहित सुभाष चन्द पक्रउ परेका छन । भारत हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम पञ्चायत ढोलकवा बस्ने ३२ वर्षीय चन्दलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले रक्सौलबाट आउँदै गरेको बा ६ च ७४४० नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार चन्दको साथबाट उक्त प्रतिबन्धित भारतीय रुपैयाँ फेला पारेको हो ।

चन्दलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ