पिता बने विल्सन विक्रम राई

माघ १६, काठमाडौं – कलाकार विल्सन विक्रम राई आफ्नो जन्मदिनको दिननै बाबु बनेका छन् । बुधबार उनकी श्रीमती सरिनाले छोरा जन्माएकी हुन् । छोरो जन्मिदाको खुशी उनले सामाजिक सञ्जाल मार्फत ब्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा छोरा सहितको तस्बिर पोस्ट गरेर लेखेका छन्– ‘मेरो जन्म दिनमा तिमी बहुमुल्य उपहार हौं ।’ ‘खुशीको कुनै सिमा छैन ।’

विल्सनले गत वर्ष इलामकी सरिनासँग गुपचुप विवाह गरेका थिए । विवाह भएको ७ महिनापछि मात्र विल्सन दुलाहा बनेको सार्वजनिक भएको थियो ।

तक्मे बुढाको रुपमा परिचित विल्सन अभिनित चलचित्र ‘सेन्टी भाइरस’को बुधबमारनै ट्रेलर रिलिज भएको छ । यो चलचित्र फागुन ९ मा रिलिज हुँदैछ ।