सेड्रीना र अनुभवको सहकार्यमा ‘नाई नभन्नु ल’को छैटौँ सिरिज निर्माण हुने

माघ १५, काठमाडौं – चलचित्र ‘नाई नभन्नु ल’को छैटौँ सिरिज पनि बन्ने भएको छ ।

निर्देशक तथा लेखक विकासराज आचार्यले यसको जानकारी दिएका हुन् । उनले अहिले चलचित्रको स्क्रिप्ट र सङ्गीतमा काम भइरहेको बताएका छन् ।

चलचित्रमा सलोन बस्नेत, बाल–कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा पक्का भैसकेका छन् ।

यसैबिच ‘नाईं नभन्नू ल ५’ का मुख्य बाल अभिनेता अनुभव र सेड्रिना मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।