गायिका आस्था राउत अस्पताल भर्ना

माघ १४, काठमाडौं – गायिका आस्था राउतलाई अस्पताल भर्ना गरिएको छ। प्रहरी हिरासतमा रहेकी आस्थालाई सोमबार बेलुका त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल भर्ना गरिएको हो।

स्वास्थ्य अवस्था बिग्रिएपछि प्रहरीले आस्था राउतलाई ब्लुक्रस अस्पताल लगेको थियो। चिकित्सकको सल्लाहमा उनलाई अस्पतालमै भर्ना गरिएको हो।

यसअघि सोमबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई ४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र आस्थाबीच विवाद भएपछि जवान श्रेष्ठले अभद्र व्यवहारमा उजुरी दिएकी थिइन्।

उजुरीका आधारमा उनीविरुद्ध प्रकाउपुर्जी जारी भएको थियो।