‘साङ्लो’मा विराज र निकिताको नृत्य –हेरौं भिडियो

माघ १३, काठमाडौं –चलचित्र ‘साङ्लो’ को दोस्रो गीत सार्वजनिक भएको छ । एक्सन स्टार विराज भट्ट र पूर्व मिस नेपाल निकिता चाण्डक अभिनीत चलचित्रको सार्वजनिक गीत मा विराज र निकिता नै फिचर्ड छन् ।

निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको गीतमा सङ्गीतकार सुरेश अधिकारीको  रहेको छ ।

शिवम अधिकारीको लेखनमा निर्मित चलचित्रमा सुरेश अधिकारी राजनराज सिवाकोटीको सङ्गीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायाङ्कन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराजर जामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

चलचित्र यही माघ २४ देखि अल नेपाल रिलिज हुँदै छ ।