सभामुखको सपथ आज

माघ १ ३, काठमाडौं – नवनिर्वा्चित सभामुख अग्निप्रसाद सापकोटाको सपथ सोमबार हुने भएको छ। राष्ट्रपति निवास शितलनिवासमा बिहान ११ बजे सापकोटाको सपथ हुने भएको हो।

सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिनेछन्। सभामुखको निर्वाचनमा सापकोटा निर्विरोध निर्वा्चित भएका थिए। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले उनलाई सभामुख चयन गरेको हो।

सभामुखमा उनको एकल उम्मेदवारी थियो।