भोजपुरी गीतमा केकी अधिकारी

अभिनेत्री केकी अधिकारी एक भोजपूरी गीतमा देखिएकी छिन् । गायिका इन्दु सोनालीले गाएको ‘हमनिके भगिया’ बोलको भोजपुरी गीतमा केकीले अभिनय गरेकी हुन् ।

उपेन्द्र सहानीले लेखेको सार्वजनिक गीतमा शिखर सन्तोषले संगीत दिएका छन् ।  गीतको म्यूजिक भिडियोलाई भने आलोक शुक्लाले छायांकन गरेका हुन् ।

पुर्णेन्द्र झाले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा अभिनेत्री केकीका साथमा बिजय यादब निर्बिजले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको परिकल्पना तथा निर्माण प्रभु शाहले गरेका हुन् ।