नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी

 

माघ ९ काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी भएका छन्।

बिहीबार भएको निर्वाचनमा श्रेष्ठको पक्षमा तीन हजार चार सय ६२ मत आएको छ भने कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याए।

उनीहरूबीच एक हजार दुई सय १८ मतान्तर छ ।

नेकपाले गण्डकी प्रदेशमा अन्यबाट श्रेष्ठलाई उम्मेदवार बनाएको थियो।

२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ मा श्रेष्ठ सात हजार मतान्तरले बाबुराम भट्टराईसँग पराजित भएका थिए।

गण्डकीबाट नेकपाकै नेतृ भगवती न्यौपाने पनि विजयी भएकी छन्। उनी नेकपामा महिलातर्फबाट उम्मेदवार थिइन्। न्यौपानेले तीन हजार तीन सय ६६ मत ल्याइन् भने नेपाली कांग्रेसकी उम्मेदवार दुई हजार तीन सय ४० मत आएको छ।

उनीहरूबीच मतान्तर एक हजार २६ छ।