साझा यातायातलाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने सरकारको निर्णय

माघ ९, काठमाडौं – सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ ।

हालै बसेको मन्त्रिपरिषदको बैठकले सो संस्थाले निर्धा्रित समयमा बस खरिद गरी संचालन गर्न नसकेको हुँदा साझालाई दिइएको ३ अर्ब रुपैयाँ र सो रकम उपलब्ध गराइएको समयदेखि हालसम्मको ब्याज सहित फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार जानकारी दिएका छन् ।

२०७६ को असार २४ र २९ गतेको निर्णय अनुसार साझा यातायातलाई ३ सय वटा विद्युतीय बस खरिद गरी सञ्चालनका लागि सरकारको तर्फबाट शेयरबापत ३ अर्ब रुपैयाँ लगानी गरी पैसा दिइएको थियो ।

साझा यातायातले सो काम गर्न नसकेपछि त्यसको जिम्मा भौतिक पूर्वाधार मन्त्रालयलाई दिइएको छ ।