कक्षा १२ सम्मकै पाठ्यक्रम परिवर्तन हुँदै

माघ ६, काठमाडौं – आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारुप तयार गरिसकेको छ । पहिलो चरणमा शैक्षिक सत्र ०७७–७८ मा कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन हुनेछ ।

दोस्रो चरणमा कक्षा २, ३, ६ र १२ को परिवर्तन हुनेछ । त्यसपछि कक्षा ४, ५, ७, ८ र ९ को पाठ्यक्रम क्रमसँगै परिवर्तन हुने छ ।

२०८० सालभित्र सबै कक्षाको पाठ्यक्रम परिवर्तन भइसक्ने केन्द्रका प्रवक्ता गणेश भट्टराईले बताए । यो सममाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।