अबको सभामुख अग्नि सापकोटा

माघ ५, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’बीच स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन सहमति बनेको छ ।

आइतबार बिहान दुई अध्यक्षको बैठकले सापकोटाको नाममा सहमति जुटाएको हो। प्रचण्डनिकट एक स्थायी समिति सदस्यले सापकोटाको नाममा अध्यक्षद्वय सहमतिमा पुगेको जानकारी दिए।

दुई अध्यक्षको सहमतिलाई अपराह्न ४ बजे बस्ने नेकपाको सचिवालय बैठकले अनुमोदन गर्नेछ।