नेकपामा पूर्वसमूह भन्ने नै छैन – प्रवक्ता श्रेष्ठ

माघ ५, काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीमा पूर्वएमाले र पूर्वमाओबादी भन्ने समूह नै नभएको बताएका छन् ।

प्रेस सङ्गठनले कुस्माबजारमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीमा पूर्वसमूह भन्ने नै नरहेको बताएका हुन् ।
“पार्टीमा पूर्व समूह भन्ने नै छैन”, उनले भने, “पूर्वसमूह भन्ने विषय अब पार्टीमा इतिहास लेख्ने बेला मात्रै आउँछ ।”

पार्टीमा स्थायी गुट र शिविर राख्ने कुरा गलत भएको र आपूm त्यसको विपक्षमा रहेको उहाँले स्पष्ट  पारे । “स्थायीरुपमा गुटबन्दी गर्न जरुरी छैन”, उहाँले भन्नुभयो, “म सधैँ त्यसको विपक्षमा नै छु ।”

उनले मिलेनियम कर्पोरेसन च्यालेञ्ज (एमसीसी) राष्ट्रहितमा हुने गरी पार्टीको सचिवालयले एकमतले निर्णय पारित गर्ने बताए ।

पार्टीका सचिवालय र स्थायी समितिका सदस्यसमेतले एमसीसीका बारेमा फरक फरक धारणा सार्वजनिक गरेका बेला प्रवक्ता श्रेष्ठले अहिले मत विभाजनको अवस्था देखिए पनि यसका बारेमा पार्टीका नेता कार्यकर्ताको समान धारणा बन्ने दृढता ब्यक्त गरेका छन् ।