निशानको ‘लाहुर जाने रेल’ सार्वजनिक – हेरौ भिडियो

माघ ५, काठमाडौं – नेपाल आइडलबाट चर्चामा रहेका गायक निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ ।

‘लाहुर जाने रेल’ बोलको गीतको भिडियो उनको आफै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा शब्द तथा संगीत प्रशान्त पौडेलको रहेको छ ।

निशानको आवाज रहेको गीतको भिडियोमा अभिनयपनि निशान स्वयंमले गरेका छन् । भिडियोमा उनलाई ऋचा न्यौपानेले साथ दिएकी छिन् ।

भिडियोलाई प्रविन भट्टराईले निर्देशन गरेका हुन् भने अनिल के मानन्धरले छायाँकन गरेका हुन् ।