होलेरीमा राष्ट्रिय मिडिया शान्ति सम्मेलन हुँदै

माघ ५, काठमाडौं – तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धको उदगम् थलो रोल्पाको होलेरिमा ‘राष्ट्रिय मिडिया शान्ति सम्मेलन २०७६’ आयोजनन हुने भएको छ । होलेरीको प्रहरी चौकीमा पहिलो पटक आक्रमण गरी सुरू भएको युद्धको दिन फागुन १ लाई विशेष दिन पारी फागुन १ र २ गते कार्यक्रमको आयोजना गरिने भएको छ ।

जनयुद्धका बेला अन्तराष्ट्रिय जगतमासमेत युद्धका नामले परिचित होलेरी पर्यटननको सम्भावना बोकेको क्षेत्र भएकाले उक्त कार्यक्रम आयोजना गरिएको रुन्टीगढी गाउँपालिकाले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२०को एउटा गन्तव्य होलेरी बन्न सक्ने नगरपालिकाको विश्वास छ । आयोजक रुन्टीगढी गाउँपालिका होलेरी रोल्पा रहेको उक्त सम्मेलनको सहआयोजक नेपाल पत्रकार महासंघ, जिल्ला शाखा रोल्पा रहेको छ ।

गाउँपालिकामा आज बसेको बैठकले गाउँ पालिका अध्यक्ष बालाराम बुढाको संयोजकत्वमा २९ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ भने ६ विभागीय उपसमिति र मुलआयोजक समिति रहेका छन् ।

फागुन १ र २ गते देशभरका सञ्चारकर्मीको जमघटमा सम्मेलन गरिने आयोजकले जनाएको छ ।