‘साङ्लो’को गीतमा रोमान्टिक विराज र निकिता

माघ २, काठमाडौं – पूर्व मिस नेपाल निकिता चण्डकद्धारा डेब्यु चलचित्र ‘साङ्लो’ चलचित्रको गीत सार्वजनिक भएको छ ।

सुरेश अधिकारीको सङ्गीतमा तयार गीतमा विराज र डेब्यु अभिनेत्री निकिता चण्डक देखिने छन् । अन्जु पन्त र निशान भट्टराईले आवाज दिएको गीतमा रामजी लामिछानेले कोरियोग्राफी रहने छ ।

विराज र निकिताको अलावा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय सङ्ग्रौला लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई मानकृष्ण महर्जनले खिचेका हुन् ।   चलचित्रमा अर्जुन जिसीको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व रहेको छ भने चलचित्रको कथा शिवम अधिकारीले लेखेका हुन् ।