दश फरार प्रतिवादी सप्तरीबाट पक्राउ

पुस २९, काठमाडौं – फरार प्रतिवादी पक्राउलाई अभियानका रूपमा लिएको प्रहरीले सोमबार एकै दिन १० जनालाई पक्राउ गरेको छ ।

एक वर्षे कार्ययोजना अनुरुप फरार प्रतिवादी पक्राउलाई अभियानका रूपमा लिएको प्रहरीले धमाधम पक्राउ गर्न थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले एक साता अघि मात्र विभिन्न मुद्दामा फरार १७ प्रतिवादीलाई पक्राउ गरेको थियो ।

आर्थिक वर्ष २०७६र७७ को ६ महिनाको अवधिमा ५२ फरार प्रतिवादी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए ।